अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ४ लाख ५० हजार घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजयप्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानुलाई नियन्त्रणमा लिइएको हो।

उनीहरूलाई टोलीले पर्सा वीरगञ्ज महानगरपालिका- १३ अदातरो स्थित एक होटलबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।

पौडेलका अनुसार विद्यालयले शिक्षक आवश्यक भनी खुलाएको विज्ञापनमा बिचौलियासँग मिलेर घुस लिएको अख्तियारको आरोप छ।