जेनजी पुस्ताको प्रदर्शनको क्रममा झापाको दमकमा प्रदर्शन उग्र बनेपछि प्रहरीले हवाई फायर गरेको छ। प्रदर्शनको क्रममा दमक नगरपालिका अगाडि जेनजीले आगजनी प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको हो।

प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका कारण यति बेला झापा दमकको अवस्था तनावग्रस्त बन्न पुगेको छ।

प्रदर्शनकारीको ढुंगामुढाका कारण प्रहरीसहित केही प्रदर्शनकारी पनि घाइते भएका छन्।