सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी पुस्ताका युवाले विराटनगरमा गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ।
प्रदर्शनकारीहरूले कोसी प्रदेशसभा भवनमा प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गर्दास्थिति तनावपूर्ण बनेको हो। अस्पताल चोकबाट आएको जुलुसले सुरक्षा ब्यारिकेड तोड्न खोज्दा प्रहरीले बल प्रयोग गरेको छ।
प्रदर्शनको सुरु सन्सारीमाई स्थानबाट भएको थियो, जसले निषेधित क्षेत्र रोडशेष हुँदै महेन्द्र चोकतर्फ अगाडि बढेको थियो। केहीबेर प्रदर्शनकारीहरू धर्ना बसेका थिए, त्यसपछि उनीहरू फेरि अगाडि बढेका छन्।
सिमसिमे वर्षा भइरहे पनि प्रदर्शनमा युवाको जोशजाँगर घटेको छैन। उनीहरूले फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गरिएको विरोधमा सडकमा उत्रिनु परेको बताएका छन्।
स्थिति नियन्त्रणमा राख्न प्रहरीले व्यापक रूपमा मोर्चा कसिरहेको छ। प्रदर्शन अझै केही समय जारी रहने संकेत देखिएको छ।