नयाँ बानेश्वरमा जारी जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले नियन्त्रणका लागि रबरको गोली प्रहार गरेको छ। संसद् भवन अगाडि भएको प्रदर्शन झन् तीव्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी बाध्य भएको हो।
प्रदर्शनकारीहरूले संसद् भवनभित्रै प्रवेश गरेपछि स्थानीय प्रशासनले नयाँ बानेश्वर क्षेत्रलाई संवेदनशील घोषित गर्दै कर्फ्यू आदेश जारी गरिसकेको छ। अपरान्हदेखि नै जारी भएको प्रदर्शन साँझसम्म आइपुग्दा हिंसात्मक रूप लिन थालेपछि प्रहरी र प्रदर्शनकारीबीच धक्का–मुक्की र झडप समेत भएको छ।
घटनास्थल वरपर अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्पूर्ण क्षेत्र तनावग्रस्त बनेको छ।
कर्फ्यू आदेश जारी भएपछि सर्वसाधारणलाई सडकमा ननिस्कन प्रहरीले आग्रह गरेको छ।