नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ११ हजार ६०० रुपैयाँ कायम छ। आइतबार छापावाल सुन प्रतितोला दुई लाख १२ हजार रुपैयाँमा किनबेच भएको थियो। त्यो हालसम्मकै उच्च मूल्य हो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला दुई हजार ४७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि हालसम्मकै उच्चबाट घटेको हो।