प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल विरोधी आफू नभएको बताएका छन्।
एमालेको दोस्रो विधान सभामा राखेको धारणालाई आज प्रधानमन्त्री ओलीले टिकटकमा पोष्ट गर्दै बेथितिको विरोधी भएको टिप्पणी गरेका छन्।
जेनजी पुस्ताले देशको कानुन बुझ्ने उनले बताए। ‘आमरुपमा जेन्जी पुस्ताले बुझ्छ। देशको कानुनलाई मान्छ। त्यसकारण जेन्जी पुस्तालाई जसले भड्काउन खोजेका छन्। त्यो बेकारको कुरा हो’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी सामाजिक सञ्जालका विरोधी होइनौँ। तर, बेथितिका विरोधी हौँ। हेप्न खोज्नेहरूको विरोधी हौँ।’