संसद भवनको चारैतिर जेनजी प्रदर्शनकारी, प्रहरीले सकेन रोक्न
जेनजी पुस्ताका प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनलाई चारैतिरबाट घेरेर भित्र प्रवेश गर्ने प्रयत्न गरिरहेका छन्।
प्रदर्शन क्षेत्रमा परिचालित प्रहरीको सङ्ख्या कम भएका कारण आन्दोलनकारी थप अगाडि बढ्न सक्ने देखिएको छ।
यतिबेला बिजुलीबजारबाट प्रदर्शनकारी बानेश्वतिर अगाडि बढीरहेको देखिएको छ, जसमा प्रहरीले गोली, अश्रुग्यास र पानीको फोहराले रोक्न खोजेपनि असफल भइरहेको छ।