काठमाडौंमा भइरहेको जेनजी पुस्ताको आन्दोलन भारतका मुख्य टेलिभिजनहरूले प्रत्यक्ष प्रसारण गरिरहेका छन्।
नेपाल सरकारका विरुद्ध युवाको आक्रमण भन्दै भारतीय टेलिभिजनहरूले प्रत्यक्ष प्रसारण गरेको देखिन्छ।
भ्रष्टाचार र सामाजिक सञ्जालविरुद्ध युवाको प्रदर्शन भन्दै आज तक, जी न्युज, एबीपी लाइभ लगायतका मुख्य टेलिभिजनबाट पनि यतिबेला काठमाडौंमा भएको आन्दोलनको प्रत्यक्ष प्रसारण देख्न सकिन्छ।