संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडालाई पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले सोमबार बिहान सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।

राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमा छेडखानी गरेको आरोपमा संसदीय छानबिन समितिले जिम्मेवार ठहराएसँगै समिति सभापतिबाट राजीनामा दिएका खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका थिए।

संसदीय समिति सभापति इश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेसँगै संसदीय सुनुवाइ समिति सभापतिको पद रिक्त थियो।

रिक्त पदमा नेपाली काँग्रेसबाट खतिवडाको मात्रै उम्मेदवारी परेपछि खतिवडा संसदीय सुनुवाइ समितिको सभापति निर्वाचित भएका थिए।