राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ।
समितिको मंगलबार बिहान ९ बजेदेखि सुरु भएको बैठकमा प्रतिवेदनको मस्यौदामाथि छलफलपछि प्रतिवेदन पारित भएको समितिका सभापति तुलसाकुमारी दाहालले बैठकमा घोषणा गरिन्।
पारित प्रतिवेदनलाई समिति अन्तरगत रहेको उपसमितिले अन्तिम रूप दिएपछि सभापति र समिति सचिवको हस्ताक्षरपछि राष्ट्रिय सभा बैठकमा आजै पेश हुनेछ।