नेपाली कांग्रेसको भातृ सङ्गठन तरुण दलको महाधिवेशन माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु भएको छ।
तरुण दलका केन्द्रीय सदस्य रोजन राई र अम्बिका बाँस्कोटा आइतबारदेखि अनशनमा बसेका हुन्। उनीहरूले ६ बुँदे माग राख्दै पार्टी कार्यालयको मूल ढोकामै अनशन सुरु गरेका हुन्। 
यसअघि अध्यक्ष विद्वान गुरुङविरुद्ध मोटरसाइकल र्‍याली र पार्टी कार्यालय सानेपामा नाराबाजी समेत गरेका थिए।
अनशनकारीहरूले विद्वान गुरुङको नेतृत्वमा रहेको तदर्थ समिति भङ्ग गर्नुपर्ने मुख्य माघ राखेका छन्। २०७३ सालमा पोखरामा तरुण दलको महाधिवेशन भएपछि अर्को महाधिवेशन हुन सकेको छैन।