यू–१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई ४२० रनको विशाल लक्ष्य दिएको छ।
मलेसियामा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको हो।
नेपालका लागि प्रसिद्ध जैशीले शतक र परिमार्जन यादव, रौनक श्री वास्तव र जोय थापाले अर्धशतक प्रहार गरे।
जैशीले ११४ बलमा १३२ रन बनाउँदा, यादवले २८ बलमा ७१, श्रीवास्तवले ७१ बलमा ८८, थापाले ४१ बलमा ५१ रन बनाए भने सुगम बुढाथोकीले ३४ बलमा ३९, रोशन शाहीले ९ बलमा १० रन बनाउन सफल भए।