बारा प्रहरीले २ सय १२ किलो लागु औषध गाजासहित चार जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको हेटौँडाबाट प्रर्सौनी गण्डकतर्फ आउँदै गरेको प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको पिक अप गाडीलाई शनिवार बिहान चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागु औषध गाजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय सिमरा र प्रसौनी बाराबाट खटिएको संयुक्त टोलीले परवानीपुर गाउँपालिका वाड न ५ बहुअरीबाट लागु औषध गाजा बरामद गरेको प्रहरीले उल्लेख गरेको छ ।
पिक अप गाडीमा धानको भुषभित्र लुकाइराखेको अवस्थामा २ सय १२ किलो ९२८ ग्राम लागु औषध गाजा बरामद गरिएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।
उनका अनुसार मकवानपुर थाहा नगरपालिका वाड न ४ का गाडी चालक वर्ष २८ को रवि कार्की , थाहा नगरपालिका वाड न १२ का वर्ष ४३ क वीर बहादुर गोले , हेटौँडा नगरपालिका १४ बस्ने वर्ष २३ को साजन मोक्तान र धादिङ थाक्रे गाउँपालिका वाड न ७ बस्ने वर्ष ३१ का महेश तामाङलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
उनीहरू पिक अप गाडीमा सवार रहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
