राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले गृहमन्त्रीले मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरूमाथि लुट मच्चाएको आरोप लगाएकी छिन् । 
शनिवार प्रतिनिधि सभाको बैठकमा उनले बिपी कोइरालाको भनाइको प्रसंग जोड्दै नेताको अन्याय सहेर बस्ने चरम अवसरवादीहरू र दास हुने भन्दै सत्ता पक्षलाई कुन वर्गमा परेको भनेर पनि प्रश्न गरिन् । 
उनले भनिन्, ‘गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरूलाई किन लुटिददैछन् । तपाई सँग यसको जवाफ छ । अर्को पनि एउटा सुझाव छ, बिपीले भन्नु भएको थियो, जो कार्यकर्ताहरू नेताको अन्याय सहेर बस्छन् । कि त उनीहरू चरम अवसरवादीहरू हुन्, कि त दास हुन् । म सोध्न चाहन्छु तपाईँहरू कुन वर्गमा पर्नुहुन्छ ।’
यस्तै, उनले गृहमन्त्रीले आफू उम्किने समिति बनाएकोमा बधाई भन्दै धेरे समय उम्केर बस्न नसक्ने बताइन् । 
उनले भनिन्, ‘मैले त गृहमन्त्रीलाई अलिकति सोझो मानेको थिए । उहाँ त धेरै बाठो हुनुहँ दोरहेछ । उहाँले यस्तो समिति बनाउनु भयो कि त्यो समितिबाट उहाँलाई फुत्किनलाई धेरै सजिलो भयो । र कमाई बचाउनको लागि पनि धेरै सजिलो भयो । गृहमन्त्रीज्यू धेरै फुर्ती नदेखाउनु । तपाईँले भिजिट भिसाको नाममा जुन पैसा असुली गरिराख्नु भएको छ । नेपाली जनतालाई बेचिराख्नु भएको छ । के यो नैतिकताले दिन्छ । आफू उम्किने समिति बनाउनु भएको छ तपाईँलाई बधाई भन्न चाहन्छु । तर उम्केर बस्न सक्नु हुदैँन् । तपाई सँग नैतिकता छ भने राजीनामा दिनुपर्छ ।’