नेपाल सरकारले ल्याएको नयाँ पुस्ताको सुधारका कार्यक्रमलाई ध्यानमा राखेर अबको मौद्रिक नीति आउनु पर्नेमा सहभागीहरूले जोड दिएका छन्।
नेपाल बैकर्स एसोसियसनले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख राजन प्रसाद रेग्मीले राज्यको उद्देश्य उत्पादन बढाउने भएकाले कर्जालाई कृषि, ऊर्जा र साना तथा मझौला उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर प्रवाह गर्नु पर्नेमा जोड दिए।
भुक्तानी दिनेमै बढी आम्दानी तथा नाफा हुने भए पनि सरकारले आन्तरिक उत्पादन बढाउनतर्फ केन्द्रित भएकाले बैङ्कहरूले त्यसतर्फ पनि सोच्नु पर्ने बताए।
‘सरकारले लिएको नीति तथा कार्यक्रम अनुसार नै राष्ट्र बैङ्कले पनि आवश्यक नीतिहरू बनाउने हो’ उनले भने, ‘मौद्रिक नीतिका कारण राज्यका कार्यक्रम र नागरिकहरूलाई सहज सेवा प्रवाह हुनु पर्दछ।’
कार्यक्रममा निर्माण व्यवसायी महासङ्घ कर्णाली प्रदेशका महासचिव मानव वमले राष्ट्र बैङ्कले ल्याउने लगानी नीतिले सरकारले लिएको समृद्धिको अभियानलाई सहयोग पु¥याउनु पर्ने बताए। कर, भ्याट, ब्याज, जरिवाना लगायतका विभिन्न समस्याले निर्माण व्यवसायीहरू मारमा परेको भन्दै उनले त्यसको सहजताका लागि सरकारले सहयोग गर्नु पर्नेमा जोड दिए।
पर्यटन व्यवसायी हरि विष्टले बैङ्कले लगानी गर्दा देखाउने ब्याज र भुक्तानीको समयमा गरिने हर्जनालगायतका समस्याले व्यवसायीहरू मारमा परेको बताए । सुर्खेत उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सिंहराज वमले बैङ्किङ क्षेत्रको आधुनिकीकरण, डिजिटल भुक्तानी तथा व्यवसाय प्रबद्र्धनमा सहजता अपनाउन सके मात्र देशमै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए।
कार्यक्रममा सहभागी विभिन्न बैंकमा प्रदेश कार्यालय प्रमुखहरूले कर्णालीमा लगानी बढाउन, असुली गर्न तथा लगानीको सुरक्षा गर्न चुनौती बढेकोले त्यस्तो लगानीमा राज्यले सहयोग गर्ने गरी नीति बनाउन आवश्यक रहेको बताएका छन्।
नेपाल बैंकर्स एसोसिएसन कर्णाली प्रदेशका अध्यक्ष डा. सुरोज टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा कर्णालीको लगानी अवस्था र आगामी मौद्रिक नीतिमा समेट्नु पर्ने सुझावका विषयमा छलफल गरिएको थियो।नी अवस्था र आगामी मौद्रिक नीतिमा समेट्नु पर्ने सुझावका विषयमा छलफल गरिएको थियो।
देशमै पहिलो पटक कर्णालीमा यस्तो छलफल भएको भन्दै अध्यक्ष टण्डले छलफलबाट आएका सुझावहरू राष्ट्र बैंकमा पठाउने बताए।