नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ।
यसअघि आइतबार पनि सुन तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा नै कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ। चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको थियो।