मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा शनिबार बिहान माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ।

५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मदेली खोलामा करेन्ट प्रवाह गर्दा घटनास्थलमै ज्यान गएको हो।

प्रहरीका अनुसार उनीहरूले पोलबाट हुक जोडेर खोला करेन्ट लगाएका थिए। शव पोस्टमार्टमका लागि धरान पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।