धनकुटामा घाँटीमा मासु अड्किएर एक जना वृद्धको मृत्यु भएको छ।
धनकुटाको महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको मासु खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको छ।
सुँगुरको मासु खाँदै गर्दा घाटीमा अड्किएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जेठ २१ गते राति करिब ९ बजे खाना खानेबेला लिम्बूको घाँटीमा मासु अड्किएको थियो। अचेत अवस्थामा तत्काल उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो।
उपचारको क्रममा गएराति उनको निधन भएको धनकुटा प्रहरीले जानकारी दिएको छ।