धरान बास्केटबल सङ्घको आयोजनामा असार ५ गतेदेखि धरानको डिपो आदर्श बहुमुखी क्याम्पसको बास्केटबल कोर्टमा प्रथम कोशी प्रदेशस्तरीय खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ। 
कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगिता असार ५ देखि ८ गतेसम्म सञ्चालन हुने छ। प्रतियोगिताको उपाधि विजेताले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख प्राप्त गर्ने छ। व्यक्तिगत विद्यातर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने संयोजक विकास चाम्लिङ राईले जानकारी दिए।
आफ्नो जिल्लाको प्रतिनिधित्व गरेर आउने टिमलाई मात्र प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ।
कोशी प्रदेशका सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, ओखलढुङ्गा, उदयपुर र भोजपुर गरी ८ जिल्लाका टिमहरू सहभागीताका लागि सम्पर्क गरिसकेको आयोजक सदस्य सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले बताए।