मोरङको बेलबारी–११ लक्ष्मीमार्ग निवासी समाजसेवी तथा पुर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) बलबहादुर मगरको निधन भएको छ। शुक्रबार धनकुटाको राजारानीमा आयोजित एक कार्यक्रममा सहभागी भएका मगरको हृदयघातका कारण निधन भएको जनाइएको छ।

शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धरान लैजाने क्रममा बाटोमै निधन भएको परिवारले जनाएको छ।

मगर सामाजिक क्षेत्रमा सक्रिय थिए। उनी डाँगीहाट ब्याडमिन्टन क्लबका अध्यक्ष, न्यू जनएकता साकोसका उपाध्यक्ष तथा माउण्ट एभरेष्ट ई। स्कुल व्यवस्थापन समितिका अध्यक्ष थिए। समाजसेवामा उनको सक्रिय सहभागिता रहेकोले उनको निधनले बेलबारी क्षेत्रमा ठूलो शून्यता पैदा भएको छ।

उनको अन्त्येष्टि केही दिनपछि गरिने जनाइएको छ, किनभने छोरी लगायतका आफन्तहरू विदेशमा रहेका छन्।