प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। आज दिनको साढे १ बजे बैठक बस्न लागेको हो।
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘आ.व.२०८२/०८३ आर्थिक सर्वेक्षण’ पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन्।