झापा, धनकुटा र मोरङको विभिन्न स्थानहरूबाट प्रतिबन्धित औषधी, गाँजा र लागूऔषध खैरो हिरोइन सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जेठ ७ गते इलाका प्रहरी कार्यालय कुमरखोद झापाको प्रहरी टोलीले झापा गाउँपालिका-३ स्थितबाट सोही स्थान कि ५१ वर्षीया देखन राजवंशीलाई लागूऔाषध गाँजा १ किलोग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको हो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय अनारमनीले मेचीनगर-७ का २३ वर्षीय अजय राजवंशीलाई खैरो हिरोइन ३ सय ४० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय झिलझिले झापाले शिवसतक्षी नगरपालिका-६ का ४० वर्षीय परमानन्द साहलाई २ ग्राम ९०० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरेको हो।
यसैगरी, इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थितबाट को १ ज ३१६२ नम्बरको बोलेरोलाई चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई राखेको १० किलोग्राम लागुऔषध गाँजा सहित बुलेरो चालक धनकुटा सहिदभुमि-६ का ३५ वर्षीय राजेश राईलाई बुलेरो र गाँजा सहित नियन्त्रणमा लिएको हो। 
यसका साथै प्रहरी चौकी गछियाले मोरङ बेलबारी-२ का १९ वर्षीय आयुष राई र १९ वर्षीय शिवम उरावलाई प्रतिबन्धित औषधी ट्रामाडोल-५ सय ९० क्याप्सुल, स्पास्मो-३ सय ८० ट्याब्लेट र एन्टिकोफ-१ सय ९६ ट्याब्लेट सहित पक्राउ गरेको छ।