अमेरिकामा इजरायली राजदूतावासमा काम गर्ने दुई जना कर्मचारीको गोली हानी हत्या भएको छ। अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित यहूदी सङ्ग्रहालयनजिकै उनीहरुको हत्या भएको हो।
उनीहरुमाथि गोली प्रहार गर्ने बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इजरायली कूटनीतिज्ञको समूहलाई लक्षित गरी गोली प्रहार गर्नुअघि बन्दुकधारीले 'फ्री प्यालेस्टाइन' भन्दै चिच्याएको बताइएको छ।
संदिग्ध बन्दुकधारी शिकागोका ३० वर्षीय एलियास रोड्रिग्वेज हुन्। अमेरिकाका लागि इजरायली राजदूत यिचल लिस्टरले मारिनेहरु दुबै जना प्रेम सम्बन्धमा रहेको जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको निन्दा गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डीसीमा भएको क्रुर हत्या, जुन अवश्य यहूदीविरोधी भावनामा आधारित छ, तत्काल रोकिनुपर्छ।’
उनले अमेरिकामा घृणा र उग्रवादको कुनै स्थान नरहेको पनि प्रष्ट पारेका छन्। त्यसैगरी, इजरायली राष्ट्रपति आइज्याक हर्जोगले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्।