प्रतिनिधि सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० पारित भएको छ। आइतबार बसेको प्रतिनिधि सभाबाट उक्त विधेयक पारित भएको हो।
प्रतिनिधि सभामा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै शिक्षामन्त्री रघुजी पन्तले अव कैलाली र कञ्चनपुर विश्वविद्यालयले शिक्षाको एउटा महत्त्वपूर्ण केन्द्र बन्ने बताए।
‘काठमाडौँदेखि कैलाली र कञ्चनपुरलाई नाघेर दिल्लीतिर जाने लर्कोलाई यो विश्वविद्यालय निर्माणपछि त्यो कैलालीको गेटमा रोकिने छ। र कैलाली स्वास्थ्य र शिक्षाको एउटा महत्त्वपूर्ण केन्द्रका रूपमा उपस्थित जनाउनेछ,’ उनले भने।