इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज (आइतबार) दुई खेल हुँदै छन्।
आज पहिलो खेल राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच हुँदैछ भने, दोस्रो खेल दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच हुँदैछ।
नेपाली समय अनुसार अपराह्न पौने ४ बजे जयपुरमा सुरु हुने खेलमा राजस्थान रोयल्स र पञ्जाव किंग्स खेल्दै छन्। जारी आइपिएलमा राजस्थान रोयल्स प्लेअफको दौडबाट बाहिरिएको छ भने पञ्जाव किंग्स प्लेअफको दौडमा रहेको छ।
राजस्थान रोयल्सको १२ खेलमा केवल ६ अङ्क रहेको छ र अङ्क तालिकामा नवौँ स्थानमा रहेको छ। त्यसैगरी, पञ्जाव किंग्सको ११ खेलमा १५ अङ्क रहेको छ र तेस्रो स्थानमा रहेको छ।
यस सिजनमा यसअघि अप्रिल ५ मा भएको दुवैबीचको खेलमा राजस्थान रोयल्स ५० रनले विजयी भएको थियो। त्यस्तै, आज दोस्रो खेल दिल्ली क्यापिटल्स र गुजरातबीच दिल्लीमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि खेल सुरु हुनेछ।
११ खेलमा १३ अङ्क हासिल गर्दै दिल्ली प्लेअफको दौडमा कायम रहेको छ। त्यस्तै, गुजरात भने ११ खेलमा १६ अङ्क हासिल गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ।
आजको जित दुवैका लागि प्लेअफको दौडमा महत्त्वपूर्ण हुने छ। यस सिजनमा यसअघि दुवैबीच अप्रिल १९ मा भएको खेलमा गुजरातले ७ विकेटको जित हासिल गरेको थियो।