नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। 
मङ्गलवार छापावाल सुनको मूल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रुपैयाँ बढी हो।
यस्तै, चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १९७० मा बिक्री भइरहेको छ।