नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठककोमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे–लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्ग प्रशस्त गर्न माग गरेका हुन्। 
उनले भने,‘सम्पत्ति शुद्धीकरण तथा आंतकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर देशीय अन्तर्राष्ट्रिय संस्था एफएटीएफले नेपाललाई आधिकारिक रूपमा ग्रे–लिस्टमा चढाएको छ। सरकारको अकर्मण्यता, वित्तीय क्षेत्रमा सुधारको अठोट गर्ने अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल अन्ततः यो लज्जाजनक अवस्थामा पुगेको छ। म यसप्रति खेद प्रकट गर्न चाहन्छु। यस्तो घटनाक्रमले सरकार सुशासनका पक्षमा छैन, सम्पूर्ण रूपमा असफल भएको रूपमा लिनुपर्छ। सरकारले नैतिक रूपमा आफ्नो मार्ग प्रशस्त गर्नुपर्छ।’
साथै उनले सरकारप्रति विश्वास र भरोसा नरहेकाले देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि प्रतिनिधिसभाले गम्भीरतापूर्वक विशेष महत्त्वका रूपमा दिन ध्यानाकर्षण गराए।