उदयपुरको त्रियुगा नगरपालिका–७ जोगीदहस्थित मदन भण्डारी राजमार्गमा बाराबाट जन्ती लिएर आएको बस र मिनी ट्रक ठोक्किए दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटना २६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय उदपयुरका अनुसार बाग्मती प्रदेश ०६–००१ ख ०१९५ नम्बर को बस र विपरीत दिशाबाट तेजपत्ता बोकी उदयपुरको कटारी तर्फ जाँदै गरेको ना। ८ख २४०४ नम्बरको मिनी ट्रक आपसमा ठोक्किएका थिए।
मृत्यु हुनेमा बाराको गढी गाउँपालिका– ४ का ७० वर्षीय सीताराम धामी छन्। दुर्घटनापछि गम्भीर घाइते भएका धामीको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले जानकारी दिए।
अन्य २६ घाइतेमध्ये सामान्य उपचारपश्चात २० जनाको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ। दुईजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। गम्भीर अवस्थाका तीनजनाको न्युरो अस्पताल विराटनगर ल्याइएको छ।