काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। 
शुक्रवार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भारत, अमेरिका र चीनले हेपेको भन्दै आफूलाई मेयर हो भन्ने बिर्सेर नेपाली भएर बाँच्ने आधार दिन उनले आग्रह गरेका हुन्।
‘प्यारो प्रधानमन्त्री ज्यू, अमेरिकाले corrupt (भ्रष्ट) भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो र चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ?’ उनले लेखेका छन्। 
यसअघि गए राति नै उनले स्टाटस लेख्दै बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गरेका थिए।