भारतको अडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ। पार्थिव शरीरमा हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका थिए। 

बुधबार रूपन्देही लाइएको उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याइएको थियो। शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए।

२०६१ साल असार ४ गते भैरहवामा जन्मिएकी लम्साल गत आइतबार केआईआईटी छात्रावासमा झुण्डिएको अवस्था मृत भेटिएकी थिइन्।