राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ का परीक्षार्थीहरूको लागि पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। आगामी २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षामा साधारणतर्फ र प्राविधिकतर्फका परीक्षार्थीहरूको परीक्षा तालिका प्रकाशित गरिएको हो।
परीक्षा नियन्त्रण कार्यालयले साधारणतर्फ रजिष्ट्रेशन नम्बरमा सुरुका दुई अङ्क ५६ देखि ७७ हुने र प्राविधिकतर्फ सुरुका दुई अङ्क ७३ देखि ७८ हुने परीक्षार्थीहरूको परीक्षा तालिका सार्वजनिक गरेको हो।
यो तालिका अनुसार साधारणतर्फ पुराना आंशिक तथा ग्रेड वृद्ध र प्राविधिकतर्फ आंशिकको परीक्षा हुन लागेको हो।
वार्षिक परीक्षा आगामी वैशाख २६ गतेदेखि सुरु भएर जेठ १६ गते सकिने छ। परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।