नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो।
बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७१ हजार कायम भएको महासङ्घले जनाएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको १० रुपैयाँले बढेको छ। बुधवार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार एक हजार ९९५ रुपैयाँ कायम भएको छ।