बूढानीलकण्ठको एक घरमा अनलाइन बेटिङ खेलाइरहेको आशंकामा प्रहरीको छापा मारेर भारतीय २४ जनालाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गएराति छापा मारेको थियो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। माघ २७ गते पनि प्रहरीले छापा मारेर केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।