काठमाडौँमा भएको महिला टी–२० श्रृङ्खलामा नेपालले लज्जास्पद प्रदर्शन गरेको छ। नेपालले खेलेका सबै ६ खेलमा हार बेहोरेको हो 
शुक्रवार भएको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित भयो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ८२ रनको चुनौती थाइल्यान्डले १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो। 
यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रन बनायो। सम्झना खड्काले सर्वाधिक १७ रन बनाएको इनिङ्समा कविता जोशीले १४ तथा डेब्यु खेलाडी राजमती ऐरीले १७ बलमा अविजित रहँदै ११ रन बनाइन्। 
नेपाल यसअघि खेलेका पाँच वटै खेलमा पराजित भएको थियो। यसअघि नेपाल नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्यान्डसँग ४ विकेट र पाँच रनले पराजित भएको थियो।
थाइल्यान्ड भने पाँच खेल जितेर उपाधि जित्न सफल भएको छ। नेदरल्याण्ड्स ८ अंकसहित दोस्रो भएको छ।