सुनसरीको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा बोकेको २ वटा सवारी साधन र एउटा मोटरसाइकल प्रहरीले प्रहरीले नियन्त्रणमा लिएको छ।
माघ २४ गते बिहान ३ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय हरीनगरबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेको HR70E9502 नम्बरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी भगाए पछि देवानगंज-७ स्थितमा अनियन्त्रित भई सडक भन्दा १० फिट तल झरेको अवस्थामा  प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले उक्त स्कारपियोबाट १० बोरा गाँजा, सोही स्थान नजिक रहेको ४ पोका गाँजा समेत (२९६ किलो ८५० ग्राम) र प्रदेश २-०३-००९ प ०९९७ नम्बरको मोटरसाइकल बरामद गरेको थियो। यसैगरी, २४ गते बेलुका इटहरी उप-महानगरपालिका-१७ स्थितबाट ट्राफिक समेतको संयुक्त चेकिङ टोलीले चेकजाँचको क्रममा  बा.२ च ३४६५ नम्बरको टाटा सफारी गाडीमा ८ पोका (२ सय ३० किलो १५० ग्राम) गाँजा बरामद गरेको छ भने सोही दिन राती कोशी गाउँपालिका-३ स्थित नेपाल भारत सीमा नजिकमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले २ वटा बोरामा ४६ किलो ५६० ग्राम गाँजा बरामद गरेको थियो।
बरामद भएका गाँजा र सवारी साधनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको छ।