बैंकिङ कसुर मुद्दाका प्रतिवादी चित्र बहादुर घलान पक्राउ परेका छन्। मकवानपुर थाहा नगरपालिका ८ स्थायी ठेगाना भएका हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका २ सानेपा बस्ने आएका घलान पक्राउ परेका हुन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटी गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नं.२ सानेपाबाट पक्राउ गरेको हो।
घलानबिरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा दुई वटा मुद्दा दर्ता भएको दर्ता गरिएको छ भने चितवनमा एउटा मुद्दा दर्ता भएको छ। उनीबिरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वर र प्रहरी वृत्त जनसेवा काठमाडौँमा पनि दुई वटा मुद्दा दर्ता भएको भएको छ।