झापाको बिर्तामोड नगरपालिकामा साथीसँग घुम्न गएको भन्दै छोरीमाथि निर्घात कुटपिट गरेको आरोपमा बुबा पक्राउ परेका छन्।

छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड–९ का ४५ वर्षीय प्रकाश भनिने निरकुमार विष्ट पक्राउ परेका हुन्।

विष्टले साथीसँग घुम्न गएको भन्दै छोरी स्वस्तिको पिलासले टाउको फुटाइदिएका थिए। यस्तै, बाँसको भाटाले तिघ्रा, ढाड र हातमा निलडाम हुने गरी निर्घात कुटपिट गरेका थिए।

आफू घरबाहिर भएका बेला श्रीमानले छोरीमाथि कुटपिट गरेको श्रीमती रेनुका विष्टले बताइन्। यसअघि पनि विष्टले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको स्थानीयको भनाइ छ।

विष्टलाई छोरी पिटेको आरोपमा पक्राउ गरी राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।