सुनसरीको २ छुट्टाछुट्टै स्थानहरुबाट लागूऔषध गाँजा र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरीको देवानगंज गाउँपालिका-३ का ४० वर्षीय अर्बिन कुमार यादवको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा माघ १५ गते दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूह (PIT) र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले यादवको घरको कम्पाउण्ड खानतलासी गर्दा खाल्टो खनेर ड्रम भित्र प्लास्टिकले प्याक गरेर साथै घर भित्र जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थाको ३९ किलो २९० ग्राम लागूऔषध गाँजा बरामद गरी यादवको ३५ बर्षीया श्रीमती सोनी कुमारी यादवलाई नियन्त्रणमा लिएको हो।
यसैगरी, अस्थायी प्रहरी चौकी श्याम चौक सुनसरीबाट खटिएको प्रहरी टोलीले माघ १५ गते दिउँसो धरान उप-महानगरपालिका-१५ शुसन टोलका १८ वर्षीय उष्ण भुजेललाई घरको कोठा भित्र झोलामा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी SPASPAIN-२ हजार ८० चक्की सहित नियन्त्रणमा लिएको हो।
लागूऔषध गाँजा र औषधी सहित पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ।