रौतहट प्रहरीले १० रुपैयाँ जरिवाना तोकिएका १० फरार प्रतिवादी पक्राउ गरेको छ।
अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो। 
प्रहरीले १८ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ। रौतहट प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले पक्राउ पर्नेहरूमा सबैभन्दा बढी जलसाजीको रहेको बताए।
उनका अनुसार जलसाजीमा शेख वहिद, नेक महम्मद, मिर अलि हुसन, शेख तैयव, शेख जमिर अख्तर, शेख दमिअख्तर, अख्तर शाहिद, शेख मेराज, इस्लाम अन्सारी र जुमन देवन रहेका छन्। जलसाजीमा दस जना प्रतिवादीलाई पक्राउ गरिएको र उनीहरूलाई रु १० जरिवाना तोकिएको उनले जानकारी दिए। 
पक्राउ परेका प्रतिवादीहरू मध्ये सिकेन्द्र राय यादवलाई बिगो मुद्दामा दुई वर्ष कैद सजाय तोकिएको उनले उल्लेख गरे। पक्राउ परेकाहरूमा नवल किशोर मुखियालाई हातहतियार तथा खरखजानामा आठ महिना ५ दिन कैद सजाय तोकिएको रौतहट प्रहरीले जानकारी दिएको छ।
रौतहट प्रहरीका अनुसार शेख जकिरलाई लुटपिट गाली बेइज्जती र जगरनाथ राय यादवलाई किर्ते जलसाजीमा पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको टोलीले खोजतलास गरी विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागी रौतहट जिल्ला अदालतमा पठाइदिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।