ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको स्मार्ट ट्राफिक लाइट कहिल्यै पनि बन्द नहुने बताएका छन्।
आइतबार साप्ताहिक ट्राफिक सचेतना शुभारम्भ कार्यक्रममा बोल्दै उनले महानगरले जडान गरेका स्मार्ट ट्राफिक लाइटहरू ३६५ दिन नै अनवरत रूपमा चल्ने बताएका हुन्।
उनले भने, ‘ट्राफिक सचेतना कार्यक्रम र हालसालै हामीले स्मार्ट ट्राफिक लाइटको स्थापना गर्यौँ र सञ्चालनमा ल्यायौँ। सञ्चालनमा ल्याउनै गाह्रो तर प्राविधिक रूपमा यसलाई उद्घाटन गरिसकेपछि यसलाई कार्यान्वयन गर्न पनि केही समस्याहरू आए। तर अब स्मार्ट ट्राफिक लाइट ३६५ दिन नै अनवरत र श्रृखलाबद्ध रूपले चल्ने भएको छ। बन्द हुँदैन र निभ्दैन।’
साथै उनले सुरुसुरुमा स्मार्ट ट्राफिक लाइटले काम गर्छ या गर्दैन भन्ने ठुलै शङ्का समेत लागेको बताए। उनले स्मार्ट ट्राफिक लाइटको नियमलाई बस सञ्चालकहरूले नियम मान्छन् की मान्दैनन् भन्ने सबैभन्दा ठुलो डर पैदा भएको समेत उल्लेख गरे।