धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ।
धनुषाधाम नगरपालिका वडा नं ५ पर्वताका देवलाल ठाकुरको श्रीमती जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार महिलाको श्रीमान् देवलाल ठाकुरसँग राति करिब २ः३० बजे संगीताको झगडा हुँदा देवलालले टाउकोमा लौरो प्रहार गरी हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ। देवलालको मानसिक अवस्था सामान्य नरहेको स्थानीयहरुको भनाइ छ।
देवलाललाई धनुषाधाम प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ भने शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधामा पठाइएको इलाका प्रहरी कार्यालय धनुषाधामले जानकारी दिएको छ।