साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रवारको तुलनामा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेर १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको हो। 
शुक्रवार छापावाल सुन तोलामा १ लाख ६० हजार ६ सय रुपैयाँ रहेको थियो। 
त्यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ। चाँदी आज १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।