झापा र उदयपुरबाट लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

माघ ०७ गते झापाको झापा गाउँपालिका-२ र ५ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ११ ग्राम ६१५ मिलिग्राम ब्राउन सुगर सहित अर्जुनधारा नगरपालिका-५ का ३० वर्षीय प्रविण गिरी, कन्काई नगरपालिका-८ का २५ वर्षीय सुमन राजवंशी, पाँचथर फिदिमका १९ वर्षीया रदिमा बर्देवा र १८ वर्षीया ईन्दिरा लिम्बुलाई पक्राउ गरेको छ।

त्यसैगरी, उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका-३ कि २८ वर्षीया सम्झना राईलाई ५ किलो ९९० ग्राम गाँजा सहित पक्राउ गरेको छ।

पक्राउ गरेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।