राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा नयाँ अमेरिकी प्रशासनले ठुलो चिनियाँ लगानीका लागि अझ खुला रहने अपेक्षा गरिएको छ।
यूएस–चीन सम्बन्धको राष्ट्रिय समितिका अध्यक्ष स्टीफन ओर्लिन्सले भने,‘मैले बुझेको छु कि राष्ट्रपति ट्रम्पले अघिल्लो प्रशासनको तुलनामा संयुक्त राज्य अमेरिकामा चिनियाँ लगानीलाई धेरै स्वागत गर्नेछन्। चिनियाँ उद्यमहरूले संयुक्त राज्य अमेरिकामा रोजगारी सिर्जना गर्न उत्साहित हुनेछन्।
हाल एक अर्ब डलरभन्दा बढीको लगानी छ। उहाँले अनुमतिहरू जारी गर्न अझ सजिलो बनाउने बताउनुभएको छ। त्यसैले यो क्षेत्र सुधार गर्न सकिन्छ भन्ने भावना छ।’
ओर्लिन्सले दुई देशबीचको व्यापार सम्झौतामा संरचनागत सुधारहरू समावेश गर्दा चिनियाँ उपभोक्ता र उद्यमी दुवैलाई आर्थिक फाइदा पुग्ने गरी व्यापार सम्बन्धमा सुधार ल्याउने कुरा पनि उल्लेख गरे। ट्रम्पको शपथ समारोहमा चिनियाँ उपराष्ट्रपति हान झेङले वासिङ्टन डीसीमा भाग लिएका थिए।
ट्रम्पले गरेका महत्त्वपूर्ण निर्णय
डोनाल्ड ट्रम्पले चार वर्षपछि ह्वाइट हाउसमा फर्किएपछि आफ्नो दोस्रो कार्यकालको सुरुवात गरे। त्यस क्रममा उनले विभिन्न दस्ताबेजहरूमा हस्ताक्षर गरेका छन् भने केही आदेश समेत जारी गरेका छन्।
सोमबार राति अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ ग्रहण गर्दै उनले मङ्गल ग्रहमा अन्तरिक्ष यात्री पठाउने समेत घोषणा गरेका छन्। वाशिंगटन डीसीमा चिसो मौसमको कारण उनको उद्घाटन समारोह घरभित्र आयोजना गरिएको थियो।
ट्रम्पले प्रधानन्यायाधीश जोन रोबट्र्सले आफ्नो पदको शपथ लिएका थिए। शपथपछि उनले मेक्सिकोसँगको सिमानामा राष्ट्रिय सङ्कटकालको घोषणा गरेको छन्। त्यस्तै, उनले बाइडन प्रशासनले लागु गरेका झण्डै असी वटा प्रावधानहररुलाई उल्टाइ दिए भने पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरे।
त्यस्तै, उनले सरकारी खर्च प्रभावकारिता सम्बन्धी विभागको स्थापना, विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट बाहिरिने, दक्षिणी सिमानामा ‘राष्ट्रिय सङ्कटकाल’को घोषणा, टिकटक विरुद्धको प्रतिबन्ध कार्यान्वयनमा आउनमा अस्थायी रोक प्रक्रिया अघि बढाउने घोषणा गरे।
त्यस्तै राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशबाट चार वर्ष अघि अमेरिकी संसद् भवन क्यापिटलमा जबरजस्ती प्रवेश गरेर हुलदङ्गा भएको घटनामा संलग्न झण्डै १६ सय जनालाई क्षमादान दिने निर्णय पनि गरेका छन्।
उनले तेल र ग्यासको उत्पादन बढाउने पनि घोषणा गरे। ट्रम्पले सबैभन्दा बलियो सेना निर्माण गर्ने वाचा पनि गरेका छन्। राष्ट्रपतिले मेक्सिकोको खाडीको नाम बदलेर गल्फ अफ अमेरिका राख्ने र पनामा नहर फिर्ता लिने कुरा दोहोर्‍याएका छन्। ट्रम्पको शपथ ग्रहण हुनुभन्दा केही बेर अघि जेडी भान्सले उपराष्ट्रपतिको रूपमा शपथ लिएका थिए।