धरान उपमहानगरपालिका-१५ सदन रोड बस्ने २१ वर्षीय रिजन राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले १ जना महिला सहित पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धरान–१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान–८ का २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई र धरान–५ का २१ वर्षीय सुदिप तामाङ छन्।
खुकुरी प्रहारबाट गम्भीर घाइते उनलाई तत्काल उपचारको लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाएको सुनसरी प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालका अनुसार रिजनको टाउको, बायाँ कुम,बायाँ हातको हत्केला र कुहिना काटिएको थियो।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनका म्याद थप गरेर अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।