खेलकुद विकास मञ्च पोखराको आयोजनामा दोस्रो संस्करणको एमेचर फुटसल प्रतियोगिता हुने भएको छ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद, सम्बन्धको लागि खेलकुद’ भन्ने मूल नाराका साथ मञ्चले दोस्रो संस्करणको ‘याम (राम) बहादुर थापा स्मृति दोस्रो ६ ‘ए’साइड एमेचर फुटसल प्रतियोगिताको आयोजना हुन लागेको हो।
पोखरा महानगरपालिका–१८ बाट प्रतिभावान् खेलाडीहरूको विकास गर्ने मञ्चको उद्देश्य रहेको छ। पैयुम स्पोट्र्स सेन्टर हस्पिटल चोकमा माघ ११ र १२ गते हुने प्रतियोगितामा ३० भन्दा बढी टिमको सहभागिता हुने मञ्चका अध्यक्ष विक्रम थापा (म्याक्सवेल) ले जानकारी दिए।
उनका अनुसार प्रतियोगिताको विजेतालाई नगद ६० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो हुने टिमलाई ३० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिए।
यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिनेछ। यस अघि स्पोट्र्स क्यासलमा हुने भनिए पनि प्राविधिक कारणले प्रतियोगिताको स्थान परिवर्तन भएको थापाको भनाइ छ।