धरानमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१० पुतलीलाइनस्थित कृष्ण नेवारको घरमा डेरा गरी बस्ने २७ वर्षीकी मनिका विक र ३८ वर्षीय रेनुका लिम्बु रहेका छन्।

लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा कोठामा खानतलासी गर्दा विक सुत्ने लोबेडमाथि राखेको कालो सुटकेसभित्र लुकाइराखेको प्रतिबन्धित लागूऔषध ट्रामाडोल २ हजार ५ सय क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।

उनको कोठामा बस्ने रेनुका लिम्बु समेतलाई इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक कोमल ठाकुरको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनले जानकारी दिए।

दुवैजनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।