कर्णालीका जिल्लाहरुमा हिमपात भएको छ। मुगु, हुम्ला, डोल्पा, जुम्ला, कालिकोटलगायतका जिल्लामा हिमपात भएपछि अधिक चिसो बढेको छ।
हिमपातका कारण जनजीवन प्रभावित भएको छ। हिउँदे अन्नवाली जौं, गहुँ, उवा प्रभावित भएको छ। माघको पहिलो साता भए पनि हिउँ पर्दा कृषक खुशी भएको कृषक कुम्बरसिह खड्काले बताए।
विहीबार दिउँसो मुगुको सदरमुकाममा वर्षा समेत भएको छ भने माथिल्लो उच्च भेगमा दुई फुटसम्म हिमपात भइरहेको छ। जसका कारण गाईव स्तु चरनका लागि समस्या भएको छ। हिमपातका कारण ताल्चा विमानस्थलमा नियमित उडान प्रभावित भएको छ।