मोरङको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ।
खेल मैदान निर्माण गर्न वुद्ध माध्यमिक विद्यालयसँगै रहेको मैदान सम्याउन थालिएको छ। करिब दुई बिघा क्षेत्रफल भएको खेलमैदान निर्माण सुरु गरिएको हो।
खेल मैदान निर्माणका लागि नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको छ। छिटो निर्माण सम्पन्न गरी प्रतियोगिता गराउने लक्ष्य रहेको सो वडाका वडाध्यक्ष नवीनजङग कार्कीले बताए। उक्त मैदानलाई विद्यालयलेसमेत प्रयोग गर्न मिल्ने गरी निर्माण गर्न लागिएको उनको भनाइ छ।
खेलमैदान निर्माणमा प्रभात सामुदायिक क्लबले पनि सहयोग गरिरहेको क्लबका उपाध्यक्ष किसन राईले बताए। वडाले पनि खेल मैदानका लागि बजेट विनियोजन गर्ने तयारी गरिरहेको वडाध्यक्ष कार्कीले जानकारी दिए।