जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसम मापन भएको छ। बुधबारको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम केही घटेको छ।

बुधबार ५.७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो। एक साता अवधिमा काठमाडौंको न्यूनतम तापक्रममा त्यति धेरै घटेको वा बढेको देखिँदैन।

मंगलबार ५.४ डिग्री सेल्सियस मापन भएको थियो। त्यसअघि सोमबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको थियो। आइतबार ६.७ डिग्री सेल्सियस, शनिबार ५.८ डिग्री सेल्सियस, शुक्रबार ४ डिग्री सेल्सियस, बिहीबार ४.५ डिग्री सेल्सियसम मापन भएको थियो।